Chitwan post

A complete News portal from chitwan…

लास हेर्न पाए पनि हुन्थ्यो’

leave a comment »

वीरेन्द्र पराजुली नवलपरासी।

…मैले पैसा कमाउँछु, तिमीले मेरो चिन्ता नगर, छोराहरु बुबा र आमाको राम्रो ख्याल गर्नु।’ केही दिनअगाडि मात्र फोनमा घनश्याम सार्कीले श्रीमती मनमायासँग भनेका कुरा उनी सम्झदै आँसु चुहाउँछिन्। यो भनाइ नै अन्तिम होला भनेर मनमायाले कल्पना त के सोच्न पनि पक्कै सकेकी थिइनन्, तर दैवले लाठी कहिल्यै नफर्कने गरी घनश्याम माथि नै बजार्‍यो। उनी अब यो दनियाँमा रहेनन् । तैपनि उनको सम्झनामा मनमाया तस्बिरलाई अँगाल्दै चित्त बुझाएकी छिन्। संयुक्त अरब दुबईबाट खाँडीमुलुक कतारको दोहा जाँदै गरेको पानीजहाज डुब्दा १२ नेपालीसँगै नवलपरासी–९ पर्सौनीका घनश्याम सार्कीले पनि संसारबाट बिदा माग्नुपर्‍यो। मंगलबार सबेरै पानीजहाज डुबेर अरुसाथीसँगै घनश्याम पनि यो संसारमा नरहेको खबर परिवारजनले शुक्रबार बिहानमात्र थाहा पाए। जुन खबरले परिवारमात्र होइन, सिङ्गो पर्सौनी गाउँ नै शोकमा चुर्लुम्म डुब्यो। आफ्नो भएको सबै सम्पत्ति साहूलाई बेचेर एकलाख २५ हजार खर्च गरी घनश्याम विदेशिएका थिए। …आमा सञ्चै हुनुहुन्छ? मेरो पिर नलिनु मैले पैसा पठाएपछि साहूको ऋण तिर्नुहोला भनेको थियो।’ घरीघरी सम्झँदै आमा मनकुमारी भक्कानो फुटाएर रुन्छिन्। उनी आँसु बगाउँदै भन्छिन्–…छोराको लास हेर्न पाए हुन्थ्यो।’ तीन भाईमध्ये घनश्याम कान्छा हुन्। गएको महिनामात्र उनले ४० हजार रुपियाँ घर पठाएको स्थानीय युवक दीपक विकले जानकारी दिए। …छोराको लाशमात्र सरकारले ल्याइदिए कमसेकम लास त हेर्न पाउँथे’– आमा मनकुमारीले पटकपटक यो कुरा दोहोर्‍याइन्। न्यून आर्थिक परिवारका सार्कीको अन्य दाजुहरु भारतमा काम गर्छन्। घनश्याम पनि केही महिना पहिले गाउँमा बसेर ज्यालादारी काम गरेको स्थानीय शिक्षक जनक विकले बताए। छिमेकका साथीहरु सबै विदेश गएको देखेर उनीपनि गएको भदौंमा विदेशिएका थिए। घनश्यामका बाबुआमासहित २ छोरा छन्। मृतक सबैलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने स्थानीयको भनाइ छ।

Advertisement

Written by chitwanedu

July 4, 2009 at 10:23 am

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.