Chitwan post

A complete News portal from chitwan…

Archive for the ‘खेल’ Category

ट्वान्टी–ट्वान्टीको उपाधि पत्रकारलाई

leave a comment »

ट्वान्टी–ट्वान्टीको उपाधि पत्रकारलाई
भरतपुर। लक्ष्य भेट्याउन १६ रन बा“की छँदैमा विपक्षीलाई अलआउट गरेपछि खेलकुद पत्रकार मंच चितवनले पहिलो पटक आयोजना गरेको ट्वान्टी–ट्वान्टीको उपाधि हात पारेको छ।
बिहीवार वीरेन्द्र क्याम्पस मैदान भरतपुरमा सम्पन्न खेलमा खेलकुद पत्रकार मंचले जिल्ला खेलकुद विकास समितिलाई १६
रनले हरायो।
खेलकुद पत्रकार मंचका लागि रेडियो चितवनका रामु आचार्यले क्याच आउट हुनु अघि ३६ रनको योगदान गरे।
आफनो सबै खेलाडी गुमाउनु अघि खेलकुद पत्रकार मंचले
१०२ रनको योगफल तयार पारेको थियो।
१०३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको खेलकुद विकास समिति बीस ओभरमा मात्र ८६ रनले खुम्चिएको थियो। उसलाई सो स्कोरसम्म पुर्‍याउन गुञ्जन उपाध्यायले ३६ रन बनाएका थिए।
सो खेलमा पत्रकारका तर्फबाट सुरज ज्ञवालीले ३ र खेलकुद विकास समितिका गुञ्जन उपाध्यायले ५ विकेट लिएका थिए।
खेल अन्तर्राष्ट्रिय खेलकुद पत्रकार स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो।

Written by chitwanedu

July 3, 2009 at 4:18 pm

Posted in खेल, Local News

क्रिकेटकी माया सर्वोत्कृष्ट खेलाडी

leave a comment »

क्रिकेटकी माया रावत दशरथ चन्द मेधावी सर्वोत्कृष्ट खेलाडी २०६५ घोषित भएकी छिन् । अन्य पाँच महिला खेलाडी वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । सहिद दशरथ चन्द्र मेमोरियल ट्रष्टले बुधबार सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्यो ।

गत वर्ष थाइल्यान्डमा सम्पन्न एसीसी यु १९ महिला क्रिकेट प्रतियोगिताको उपाधि जित्दा माया रावत टोलीको मुख्य सदस्य थिइन् । उनले ७ खेलमा १ सय १७ रन बनाएकी थिइन् । माया हाल एसीसी महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा भाग लिन मलेसिया पुगेकी छिन् । उनको तर्फबाट नेपाल क्रिकेट संघका सचिव शशिदत्त पाण्डेले नगद र पुरस्कार ग्रहण गरेका थिए । मायाले १५ हजार रुपैयाँ पाइन् ।

बक्सिङकी दीपा क्षत्री, अनुराधा लामा तथा जुडोका सुनिता मगर, सरस्वती थापा र इन्दिरा राई उत्कृष्ट खेलाडी घोषित भए । सबैले समान ५ हजार रुपैयाँसहित प्रशंसापत्र प्राप्त गरे । दीपा र अनुराधाले गत वर्ष भारतको गोहाटीमा भएको चौथो एसियन महिला बक्सिङ प्रतियोगितामा कास्य पदक जितेका थिए । त्यस्तै सुनिताले यमनमा भएको एसियन युथ च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी थिइन् । सरस्वती र इन्दिराले काठमाडौंमा सम्पन्न साफ जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । उत्कृष्ट खेलाडीलाई युवा तथा खेलकुद मन्त्री गणेश नेपाली, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व मन्त्री उर्वादन्त पन्त, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द, छविराज पन्तलगायतले पुरस्कृत गरेका थिए ।

कार्यक्रमअघि सहभागीले दशरथ चन्दको शालिकमा माल्यार्पण गरेका थिए । ट्रष्टले आगामी वर्षदेखि दुई खेल पत्रकारलाई पुरस्कृत गर्ने जनाएको छ ।

Written by chitwanedu

July 1, 2009 at 1:37 pm

Posted in खेल

Tagged with

Follow

Get every new post delivered to your Inbox.